Siloam Home
Thursday 24 December 2015
Tuesday 24 November 2015
Tuesday 10 November 2015
Monday 9 November 2015
सिलोआमहोमको निम्ति लटरी
आदरणीय महानुभावहरू,
सिलोआम होमको निम्ति 10 रुपियाँ गर्ने भाग्य परीक्षा (लटरी) खेलाइरहेको छु। उठेको पैसाले नानीहरू बस्ने घर व्यवस्थित गर्नेछु, उनीहरूको लागि धेरै काम गर्नु छ। हुन त लटरी भनेर खेलाइरहेको छु, किन भने मसित अरू उपाय पनि थिएन। तपाईँहरूले लटरी काटेर सहयोग गरिदिनुभयो भने धेरै ठूलो सहयोग हुनेछ। तपाईँहरूले आफ्नोपक्षबाट लटरी बाहेक पनि आर्थिक सहयोग गरिदिनुभयो भने धेरै सहयोग पुग्नेछ।
लटरीमा पहिलो पुरस्कार-ल्यापटप, दोस्रो रेफरिजेरेटर र तेस्रो मोबाइल फोन रहेको छ।
सहयोग पुर्याउनुहुनेछ भन्ने आशा राखेको छु।
कुणाल घतानी
फोन-9647721220।
सिलोआम होमको निम्ति 10 रुपियाँ गर्ने भाग्य परीक्षा (लटरी) खेलाइरहेको छु। उठेको पैसाले नानीहरू बस्ने घर व्यवस्थित गर्नेछु, उनीहरूको लागि धेरै काम गर्नु छ। हुन त लटरी भनेर खेलाइरहेको छु, किन भने मसित अरू उपाय पनि थिएन। तपाईँहरूले लटरी काटेर सहयोग गरिदिनुभयो भने धेरै ठूलो सहयोग हुनेछ। तपाईँहरूले आफ्नोपक्षबाट लटरी बाहेक पनि आर्थिक सहयोग गरिदिनुभयो भने धेरै सहयोग पुग्नेछ।
लटरीमा पहिलो पुरस्कार-ल्यापटप, दोस्रो रेफरिजेरेटर र तेस्रो मोबाइल फोन रहेको छ।
सहयोग पुर्याउनुहुनेछ भन्ने आशा राखेको छु।
कुणाल घतानी
फोन-9647721220।
Thursday 5 November 2015
सिलोआम होमको कथा र तपाईँहरूमा आग्रह
सिलोआम होम, एक बालाश्रम हो। 17 नोभेम्बर 2013 को दिन यो होम स्थापना गरिएको हो।
...
मलाई बाइक चढ्ने रहर थियो। मसित अलिकति पैसा थियो। कलेज जाँदा बाइक चढेर जाने सपना थियो। पैसा भएकोबेला बाइक किन्ने इच्छा भयो। नयाँ त किन्न सक्दिन थिएँ, पुरानै इन्फिल्ड किन्छु भनेर सिक्किम गएँ। बाइक हेरेँ, मन परेन। त्यतिकै फर्किएर आएँ। एकदिन ओदलाबारी गएँ, बाइक हेरेँ, राम्रो थियो। बाइक बेच्नेले बेलुकी नदिने भने। बिहान 7 बजी फेरि गएँ। बाटोमा सानो बालक भेटेँ। घुस्रे फुस्रे।
सोधेँ, 'स्कूल किन नगाएको?'
उसले भन्यो, 'घरबाट त पठाउँदैन'।
सोधेँ फेरि,' किन'
उसले भन्यो, 'घरबाट पढ़ाउन सक्दैन।'
'म पढाउँछु, पढ्छौँ?
'पढ्छु'
वरिपरि हेरेँ, उजस्ता धेरै नानीहरू थिए। मैले भने, 'म एकहप्तामा आउँछु'
...
बाइकवालाले पर्खिरहेको थियो। मै बाइक नकिन्ने भइसकेको थिएँ।
बाइकवालाले भन्यो, किन नलाने?
मैले भने, 'मेरो दिमागमा अर्कै कुरा आयो'
त्यसपछि म घर फर्किेँएँ।
...
घरमा सल्लाह गरेँ। अनि एक हप्तापछि गएँ।
नानीहरू पढ्नेबेलामा खेलिरहेका थिए। हेरेँ, उनीहरूलाई न शोक थियो न भोक। गाउँका बुजुर्गहरूलाई थुपारेँ अनि नानीहरूलाई पढ्न कालेबङ लैजान्छु भने।
जम्मा 11 जना नानीहरू रहेछ। अभिभावकहरूसित सम्झौता गरेर लिएर आएँ।
त्यतिखेर मेरो दिमागमा एउटै कुरा थियो, त्यो हो उनीहरूले पढ्न पाउनुपर्छ।
मलाई लागेको थियो, मसित जति पैसा छ, उनीहरूको लागि खर्च गर्छु। गरेँ पनि।
...
सपना देख्नु सजिलो हुँदो हो तर त्यसलाई साकार पार्नु गारो छ। मैले कलेज पनि छोडिदिएँ। अनि लेबर काम गर्न थालेँ। अहिले 13 जना नानीहरू सिलोआम होममा मसित बस्छन्। उनीहरूलाई पढाउन म लेबर काम गर्छु। ठिगाबिगा गर्छु। जे काम पाउँछ सबै गर्छु किन भने मैले यी नानीहरूलाई पढाउनु छ। हुर्काउनु छ। उनीहरूलाई मैले सकेको जीवन दिनु छ। मलाई लाग्छ, म यो काम गर्न सक्छु। मैले गरेन भने कसले गर्छ?
...
च्यादरले बारेको चारकोठाको घर छ मेरो। घरमा, आमा, बाबा, बहिनी र म छौँ। अहिले मेरा प्यारा 13 जना नानीहरू सहितको परिवार छ।
...
म उनीहरूको निम्ति छुट्टै होम बनाउन चहान्छु। यसको निम्ति गर्न सक्ने जति गरिरहेको छु। उनीहरूको पढ़ाइ खर्च, र उनीहरूको निम्ति चाहिने थोकहरूको व्यवस्थापन गर्न चर्को पर्छ तर मैले हिम्मत हारेको छैन।
म चाहान्छु, यदि तपाईँहरूले उनीहरूको निम्ति सहयोग गर्न चहानु भए, तपाईँ पनि सिलोआम होमको सदस्य बन्नुहुनेछ अनि उनीहरूलाई शिक्षा र जीवन दिने सपना तपाईँको पनि हुनेछ। म कसैलाई जबरजस्ती त गर्दिन तर इमान्दार आग्रह गर्न चहान्छु, तपाईँले जस्तो सक्नुहुन्छ सहयोगको हात बढ़ाउनुहोला ताकि यी मसिना नानीहरूको निम्ति हामी केही सुन्दर काम सँगै गर्नसकौँ।
धन्यवाद।
कुनाल घतानी
कालेबुङ, इस्टमेन रोड, कमलज्योति स्कूल छेउ
734301, दार्जीलिङ।
siloam home
homesiloam@gmail.com
+919647721220
Subscribe to:
Posts (Atom)